Paschim News

  • गृहपृष्ठ प्रदेश २, राष्ट्रिय, समाचार

    आगलागीबाट अठार लाखभन्दा बढीको क्षति

    घरमा बालेको घुरबाट आगलागी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी,...बाँकी

    बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीनजनाको ज्यान गएको छ । काठमाण्डौबाट झापाको पशुपतिनगरका लागि छुटेको ना ४ ख ९७५४ नम्बरको बसमा ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा...बाँकी

    प्रहरीले सिरहामा गोली चलायो, हतियारधारी घाइते

    हतियारधारी व्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ। सिरहा नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई नै उल्टै आक्रमणको प्रयास गरेपछि गोली हानेर पक्राउ गरिएका सिरहाका एसपी जीवन श्रेष्ठले नेपाल जानकारी...बाँकी

    छात्रा जिस्क्याउने छात्रलाई विद्यार्थीले पुर्‍याए प्रहरी चौकी

    छात्रा जिस्काउने युवकहरुलाई कडा कारबाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बाराको प्रसौनी गाउँपालिका ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय परिसरबाट विभिन्न...बाँकी

    सदरमुकाम जलेश्वरमा नै बस जल्यो, निभाउने दमकल छैन

    सदरमुकाम जलेश्वरको वडा नं. ७ बखरीमा रोकिराखेको बसमा आगलागी हुँदा पूर्णरुपमा जलेको छ । काठमाडौंबाट यात्रु बोकि आएको ना ८ ख ३३१६ नंं को बस आफ्नो अन्तिम गन्तव्यमा सबै यात्रुलाई झारिसकेपछि सडक छेउमै रोकेर चालक...बाँकी

    ८३ लाख नगदसहित ४ हुण्डी कारोबारी जनकपुरबाट पक्राउ

    प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा...बाँकी

    उपप्रधानमन्त्री यादव भन्छन्: नयाँ स्वास्थ्य नीति ल्याउँदैछौं

    उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताएका छन् । सङ्घीय प्रेस फोरम पर्साद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘उक्त नीति...बाँकी

    कारागारमा बन्दी रहेका भारतीय नागरिकको मृत्यु, श्रीमती फरार

    राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल...बाँकी

    वीभत्स हत्या गरिएको अवस्थामा युवकको शव फेला, विशेष अनुसन्धान टोली घटनास्थलमा

    सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ ।...बाँकी

    यसरी हुन्थ्यो अनैतिक यौनसम्बन्ध, त्यसपछि…

    औरही नगरपालिका २ फुलबरियाका ४० वर्षीया किसान बेचु महतोको हत्या अनैतिक सम्बन्धको पोल खुल्ने डरले भएको रहस्य खुलेको छ । महोत्तरी प्रहरीले किसान महतोको हत्यामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ...बाँकी