

उच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त थाई एयरवेजका कर्मचारीलाई थुनामै राख्न आदेश दिएको छ ।
थाई एयरवेजका कर्मचारी गोपालकुमार श्रेष्ठलाई उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासले आज बिहीबार थुनामै राख्ने आदेश दिएको हो । गत जेठ ८ गते जिल्ला अदालत मोरङका न्यायाधीस नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठसहित तत्कालिन समयमा पक्राउ परेका २८ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
थुनामा परेका पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालडी लगाएतका अभियुक्त छुटिसकेका छन् ।