आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१८ गते
    १९३ पटक
    मलेसिया ।

    केलाङ सेन्टर मेरु नजिकै L.S.k mattress world कम्पनीमा बेलुकी १२ बजे सम्म काम गरेर सहजै रुम फर्किएका पश्चिम रुकुम आठविसकोट नगरपालिकाका  हरि शाहीको सुतेकै अबस्थामा ज्यान गएको छ ।

    बेलुकी अबेर सम्म काम गरेर सँगै कोठा फर्किएका रुकुमकै दिनेश नेपाली र सर्जन नेपालीसँगै खाना खाएर ३ जना नै केही समय मोबाइल हेर्दै सुतेका थिए ।

    शाही बिहान काममा जानेबेला सम्म नउठेपछि साथीहरूले उठाउन खोज्दा मृत अबस्थामा फेला पारेको दिनेस नेपालीले जानकारी दिए । शाही ६ महिना पहिलेमात्र मलेसिया आएका थिए ।

    विवाहित शाहीका ६ बर्षिया एक छोरी र श्रीमती समेत छन् ।

     

    प्रतिकृया दिनुहोस्