आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१७ गते
    २९६८ पटक
    नेपालगन्ज ।

    नेपालगन्जको रामलिला मैदानमा बिहानैदेखि ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीले बिहानैदेखि रामलिला मैदान आफ्नो नियन्त्रणमा लिएका छन् ।

    विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाँकेको अधिवेशनको उद्घाटन सत्र बिफल पार्न रामलिला मैदानमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    आज दिउसो १२ बजे रामलिला मैदानमा क्रान्तिकारीले जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिकारीको जिल्ला अधिवेशनको उद्घाटन सत्र जसरी भएपनी बिफल पार्ने योजनामा प्रशासन रहेको छ ।

    अखिल क्रान्तिकारी बाँकेका नेता भरत रावलले आफुहरुले कुनै पनी हालतमा रामलिला मैदानमा नै कार्यक्रम गर्ने दाबी गरे । हजारौं विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन सत्र कार्यक्रम गरिने उनले जानकारी दिए ।

    उद्घाटन सत्र गर्ने भनिएको ठाउँ बिहानैदेखि सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लगेपछि उद्घाटन सत्र बारे छलफल गर्न अहिले विद्यार्थी नेताहरुको बैठक बसिरहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्