आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१६ गते
    १६४ पटक
    जनकपुरधाम ।

    अवैद्य सम्बन्धको पोल खुल्ने डरले देवरानीले जेठानीको हत्या गरेकी छन्।

    धनुषा जिल्लाको हँसपुरनगरपालिका- ८ रामनगरा निवासी देव नारायण मण्डलकी बुहारी २८ वर्षीया संजुदेवी मण्डल असोज ३ गते राति कोठामा मृत्य अवस्थामा फेला परेकी थिइन्।

    प्रहरीले घटनाबारे जानकारी पाएपछि असोज ४ गते घटनास्थल पुगेर शव पोष्टमार्टका लागि जनकपुर अंचल अस्पतालमा पठाएको थियो।

    अनुसन्धानका क्रममा मृतक मण्डलको देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र स्थानीय २७ वर्षीय लालबाबु मण्डलले घाँटी थिचेर हत्या गरेको खुलेको धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए।

    घटनामा संलग्न रहेका दुवैजनालाई असोज ११ गते पक्राउ गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले सन्जुको घाँटी थिच्न प्रयोग गरिएको पन्जा समेत बरामद गरेको छ। पक्राउ परेका दुवैजनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेका छन्।

    मृतक सन्जु र बिकाका श्रीमान् वैदेसिक रोजगारमा खाडी मुलुकमा छन्। बिका र लालबाबुको अवैद्य सम्बन्ध भएको थियो। यसबारे जेठानी सन्जुले टोल छिमेकमा जानकारी समेत गराएकी थिइन्।

    यही विषयलाई लिएर देवरानी जेठानीबीच पटकपटक झगडा समेत हुने गरेको स्थानीयले बताएका छन्। घटना भएको राति समेत सन्जुले देवरानीलाई लालबाबुको साथमा देखेको छिमेकीलाई बताएकी थिइन्।

    www.annapurnapost.com

    प्रतिकृया दिनुहोस्