Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/१०/५ गते
६७० पटक
नेपालगन्ज।

प्रदेश नम्बर ५ को राजधानी बाँकेलाई बनाउन माग गर्दै शुक्रबारबाट शान्तीपुर्ण आन्दोलन गरिने भएको छ ।

सरकारले प्रदेश नं. ५ को अस्थायी मुकाम रुपदेन्ही तोकेपछि झस्किएका बाँकेका सरोकारवालाहरु आन्दोलनमा जाने निष्कर्षमा पुगेका हुन् ।

शान्ती र लोकतन्त्रका लागि पेशागत महांसघ पापडको आयोजनामा बिहीबार नेपालगन्जमा सर्वपक्षिय बृहत छलफल कार्यक्रमपछि बाँकेबाट निर्वाचित सांसद, राजनितिक दलका प्रतिनिधी, बुद्धिजिवी, उद्योगी व्यापारि, कानुन व्यवसायी एवं पेशाकर्मीहरु बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा एकमत भएका छन् ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिका प्रमुख डाक्टर धबल शम्शेर राणाले बाँकेलाई राजधानी घोषणा गर्न दबाब दिनको लागि शान्तिपुर्ण आन्दोलन उत्रिनुपर्ने बताउनुभयो । छलफलमा बोल्ने सहभागिहरुले कारण नखुलाई रुपन्देहिलाई अस्थायि मुकाम तोक्नु असंवैधानीक भएको बताएका थिए ।

स्रोतसाधनको उपलब्धता, ऐतिहाँसिक धरोहर, औपनिवेशिकताबाट मूक्त नयाँ मुलुकको केन्द्र, समावेशीकरणका दृष्टिकोणले बाँके राजधानीका लागि उपयूक्त भएको बताइएको थियो ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सबै पुर्वाधारले सम्पन्न बाँकेलाई प्रदेश ५ को राजधानी घोषणा गर्नुपर्ने बताउनुभयो । सहभागिहरुले संघियताको मर्मबमोजिम ५ नम्बर प्रदेशको राजधानी कायम गर्न माग रहेका थिए ।

बिहान १० बजे नेपालगन्ज उच्च अदालत बार एसोसियसनको प्रांगणबाट सम्बद्ध सबैको सहभागितामा शान्तीपुर्ण विरोध जुलुस निकालीने छलफलमा निर्णय समेत भएको छ । जुलसमा सहभागि हुन सम्पुर्ण बाँके बासीलाई अनुरोध गरिएको छ ।

छलफलमा प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल, विजयबहादुर यादव, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा लगायतले बाँकेलाई राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्