आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/१०/४ गते
    ३७६ पटक
    दाङ ।

    सरकारले पाँच नम्बर प्रदेशको राजधानि रुपन्देहीलाई तोकेपछि त्यसको विरोधमा आक्रोसित दङ्गालिले दाङको वेलझुण्डीमा प्रधानमन्त्रि शेरबहादुर देउवाको पुत्ला दहन गरीएको छ ।

    जुलुस बेलझुण्डीमा गएर कोणसभामा परिणत भएको थियो । हाम्रो दाङ हाम्रो सान, सरकारले गरेको निर्णय फिर्ता गर , जसरी नि दाङलाई राजधानी बनाउनै पर्छ लगाएका नारा लगाउदै उक्त जलुसले बेलझुण्डी बजारको परिक्रमा गरेको थियो  ।

    सभामा बोल्दै महिला सञ्जालकि सल्लाहकार लालिका पोख्रेल, युवा उद्यमी तिलक डाँगी , नेपाल राष्ट्रिय कर्मचारी महासंघ ५ नं प्रदेश सह(ईन्चार्ज कमल पोख्रेल , युवाहरु सागर केसि, सागर बुढाथोकी , बिकास बस्याल , कमल बस्नेत , बिनाराम नकाल लगाएतले सरकारले मनोमानी रुपले दादागिरीको भरमा बुटवल रुपन्देही राजधानी तोकेको भन्दै जबसम्म सरकारले आफ्नो गलत निर्णय फिर्ता गर्दैन तवसम्म कडा रुपले आन्दोलन गर्ने बताएका थिए ।

    बेलझुण्डीमा करिब ४५ मिनेट सम्म भएको उक्त कोणसभामा शेर बहादुर देउवाको पुत्ला जलाउदै बर्तमान सरकारलाई मनोमानी गरेको भन्दै राजिनामा दिन दबाव दिईएको थियो ।

    राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष रविन्द्र उच्च नेपालीको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन युवा कपिल लामिछानेले गरेका थिए

    प्रतिकृया दिनुहोस्