Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१५ गते
    ५२५६ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा एक प्रेम जोडिले एकैसाथ आत्महत्या गरेका छन् ।

    कोहलपुर नगरपालिका १० का एक प्रेम जोडिले बैजनाथ गाउँपालिका ७ पेडारीमा बिष खाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    आत्महत्या गर्नेमा कोहलपुर नगरपालिका १० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले सल्फास नामक विषादी प्रयोग गरेर दुबैले आत्महत्या गरेको जानकारी दिए । विसीले घटनास्थलबाट सल्फास नामक विषादीको ४ वटा खाली सिसि समेत बरामत गरिएको बताए ।

    मृतक दुबैको पोष्टमार्टमपछि उनीहरुको शवलाई आफन्तको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    उमेरले पाका र विवाहित दुवैजना छिमेकी समेत हुन् । उनीहरुको प्रेम समाजले स्वार्कार नगरेपछि आत्महत्याको बाटो रोजेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्