Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१५ गते
    ८२९ पटक
    ओखलढुंगा ।

    ओखलढुंगामा आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

    सुनकोशी गाउँपालिकाका एक पुरुषले छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    शुक्रबार बेलुका घरमा छोरीलाई जबरजस्ती करणी गरेर भागेका ३५ वर्षीय बुवालाई शनिबार पक्राउ गरिएको प्रहरी निरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

    उनलाई जिल्ला अदातल ओखलढुंगा मार्फत म्याद थप गरि थुनामा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्