आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१५ गते
    ७९६ पटक
    नेपालगन्ज ।

    नेपालगन्जमा भएको चर्चित ‘हेमकार परिवार हत्या काण्ड’ का अभियुक्त करिव १४ वर्षपछि पक्राउ परेका छन् ।

    घटनामा संलग्न भई फरार रहेका उत्तर प्रदेश सितापुर जिल्ला विसवा बजार स्थायी घर भई हाल भारत, लखनउस्थित सितापुर प्रियदर्शनी कलोनीरोडमा बस्दै आएका ६४ बर्षिय किशोरीलाल सोनी १४ वर्षपछि पक्राउ परेका हुन् ।

    बाँके प्रहरीले उनलाई शनिबार नेपाल– भारत सिमास्थित जमुनाहा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले जानकारी दिए । अभियुक्त सोनीविरुद्ध प्रहरीले ‘खुन डाँका’ मुद्दामा अनुसन्धान गरिरहेको उनले बताए ।

    २०६२ फागुन २३ गते राती नेपालगन्ज सदरलाईनमा रहेको न्यू दिप ज्वैलर्सका एकै परिवारका चारसहित ५ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको थियो ।

    उक्त घटनामा ८२ बर्षिया गुलावदेवी हेमकार, ६२ बर्षिय जगदेव हेमकार, उनकी श्रीमती ४५ बर्षिया सितादेवी हेमकार, उनका छोरा ३२ बर्षिय दीपक हेमकार, साविक खासकुश्मा गाविस–१ निवासी ज्वैलर्समा काम गर्ने १५ बर्षिय रामशनिच्चर चौधरीको हत्या गरिएको थियो ।

    लामो समयसम्म उक्त घटना गुमनाम हुन पुगेको थियो । प्रहरीले सोनीलाई शनिबारबाट लागु हुने गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । सोनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आईतबार पत्रकारमाझ सार्वजनिक गरेको छ ।

    प्रतिकृया दिनुहोस्