आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१४ गते
    १७८ पटक
    काठमाडौं । 

    अभिनेत्री रेखा थापाको निर्देशन अभिनय रहेको चलचित्र ‘मालिका’ले अफिसियल ट्रेलर सार्वजनिक गरेको छ ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वलीको दृश्यले भरिएका छन् । बालबिबाहको कथा बिषय बनाएको चलचित्रको ट्रेलरले दर्शक लोभ्याउन सक्छ ।

    कमर्सियल रुपमा निर्माण गरिएको ट्रेलरमा नारीलाई स्ट्रोङ रुपमा देखाउन खोजिएको छ । चलचित्रले नारी सशक्तिकरणको आवाज उठाएको कार्यक्रममा रेखाले बताइन् ।

    रामशरण उप्रेतीको छायाँकन रहेको यस चलचित्रको रिलिज मिति १६ कात्तिक तोकिएको छ । शिवम् अधिकारीको पटकथा रहेको चलचित्रमा रेखा र नरकार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छन्

    पछिल्लो समय एक्सन अभिनेत्रीको छवि बनाएकी रेखाले अचेल समाजमा जरा गाडेर बसेका विकृति र विसंगतिलाई आफ्नो चलचित्र मार्फत उजागर गर्दै आएकी छन् ।

    प्रतिकृया दिनुहोस्