आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१२ गते
    ७५ पटक
    जाजरकोट ।

    जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ । सडकको काम गर्न चलिरहेको डोजरले किचेर बिहिबार बेलुका बालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का स्थानिय कर्ण बहादुर सिंहको ७ बर्सिय छोरा धिरेन्द्र सिहं रहेका छन ।

    सडक स्तरउन्नती गरिरहेको डोजरले टालेगाउँ तिर फर्कने क्रममा डोजरले किचेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख इन्द्रजित सुनारले जानकारी दिए।बालकको घटना स्थलमै मृत्यु भएको थियो ।

    उक्त डोजर भने वडा नं २ का वडा अध्यक्ष जनक शाहीको रहेको वताईएको छ भने, अध्यक्ष शाहीका साला गोरख सिंहले डोजर चलाई रहेको अबस्थामा उक्त घटना भएको वताईएको छ ।

    प्रतिकृया दिनुहोस्