Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/११ गते
    २०५४ पटक
    नेपालगन्ज ।

    बर्दियाको बासगढी नगरपालिका वडा नम्बर १ को चेपाङबाट बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि बाटो खोलिने भएको छ ।

    बासगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीका अनुसार पर्यटकहरुलाई समेत निकुञ्ज प्रवेश दिनेगरी बबई उपत्यकाको चेपाङबाट प्रवेशद्वारा खोल्न लागिएको जानकारी दिनुभयो ।

    एक कार्यक्रमका बिच असोज १४ गते चेपाङमा निकुञ्ज प्रवेशद्वारको उद्घाटन गरिने उहाँले बताउनुभयो ।

    सुन्दर बबई उपत्यकाको चेपाङबाट निकुञ्ज प्रवेशको लागि बाटो खुलेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत बढ्ने आशा स्थानीयबासीले गरेका छन् ।

    निकुञ्ज प्रवेशद्वारको असोज १४ गते एक कार्यक्रमका बिच प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारी बर्दियाका उपाध्यक्ष रेशम अधिकारीले जानकारी दिए ।

    निकुञ्ज प्रवेशद्वारमा सेना र निकुञ्जको पोष्ट समेत स्थापना भइसकेको वडा नम्बर १ का अध्यक्ष जयराज पाण्डेले बताए । अहिले उनको अगुवाईमा बाटो निर्माण लगायतका कामहरु समेत अगाडि बढाइराखिएको छ ।

    निकुञ्ज प्रवेशद्वार सञ्चालनमा आएपछि बबईं उपत्यकामा पर्यटकहरुको चहलपहल समेत बढ्ने बताइन्छ ।

    प्रतिकृया दिनुहोस्