Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१० गते
    ७०२ पटक
    पर्वत ।

    श्रीमान र श्रीमतीले सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर सँगसँगै भएका श्रीमान र श्रीमतीको एकैसाथ मृत्यु भएको र सँगसँगै शव उठाएको घटना बिरलै पाइन्छ ।

    धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि नेपाली समाजमा छ । पर्वतको बाजुङमा भने विरलै पर्ने यस्तो संयोग जुरेको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको छ ।

    पर्वतको बाजुङ गाउँ बिकास समिति वडा नं ९ का ९१ वर्षीय बृद्ध रुद्रबहादुर बिक र उनकी ८१ बर्षीया श्रीमती छलिदेवी बिकको दुई घण्टाको फरकमा कालगतिले नै मृत्यु भएको हो ।

    श्रीमान रुद्रबहादुरको मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको थियो भने श्रीमती छलिदेवीको मृत्यु मध्यान्ह १२.३० मा भएको थियो ।

    दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानीयबासी भक्त कुवँरले बताए । दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको उनले बताए ।

    कालगतिले सँगसँगै मरण हुने दम्पत्ति संसारमा बिरलै भेटिने गरेको उनले बताए । रुद्रबहादुर बिक २०४४ सालमा जनपक्षीय वडाध्यक्षको रुपमा बिजयी भएका थिए ।

    उनलाई केही दिनदेखि हल्का ज्वरो आएको थियो । श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलि समेत श्रीमानसँगै मर्ने हो भन्दै चार दिनदेखि खाना नखाई बसेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्