Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/८ गते
    ३९६ पटक
    काठमाडौं ।

    सरकारले महिलालाई उद्यमी बनाएर गुणस्तरीय जीवन व्यतित गर्न सकूने भनेर सहुलियत ऋण दिने भएको छ । यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आइतबारदेखि लागू गरिएको छ ।

    अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यिवधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको छ ।

    कार्यविधिअनुसार १८ वर्ष पुरा भएको महिलाले व्यक्तिगत वा सामूहिक रुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने छन् । त्यसरी पाइने ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले तिर्नुपर्ने छ ।

    यसरी ऋण लिनको लागि दर्ता भएको परियोजनाको विवरण, स्थायी लेखा नम्बर, संचालकहरुको विवरणसहितको कागजपत्र पेश गर्नु पर्ने हुन्छ ।

    बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत हुने बताइएको छ यदि ऋण स्वीकृत नभएमा कारणसहित आवेदकलाइ बैंकले जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्