Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/७ गते
    २९८ पटक

    घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो ।

    राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा रहेका छन् । उनको राहदानी नम्बर ०६५५६१९६ र नागरिकता नम्बर २४८ रहेको छ ।

    दूताबासले राईको परिवारसँग सम्पर्क हुन नसकेको र शव नेपाल पठाउन कठिन भइरहेको बताएको छ ।

    राई २०७० भाद्र ४ गते व्यक्तिगत भिसामा घरेलु महिला कामदारका रुपमा कुबेत गएकी हुन् । नेपाली दूताबास कुबेतले राईका परिवारजनलाई खबर पुर्याइदिन अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्