Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/७ गते
    ४२५ पटक
    सुनिल रेग्मी । नेपालगन्ज ।

    बाँके जिल्ला क्रिकेट संद्यको लापरवाहीका कारण नेपालगन्जका क्रिकेट खेलाडीहरुले अभ्यास समेत गर्न पाएका छैनन् ।

    नेपालगन्जको एक मात्र खेल मैदानको रुपमा रहेको मंगलप्रसाद उच्च माविमा शनिवार विदाका दिन समेत विद्यालयले ताला लगाए पछि खेलाडीहरु निरास भएका छन् ।

    बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गबहादुर थापा र विद्यालयका प्रर्चाय शुसिल वर्मा विचको विग्रिएको सम्वन्धका कारण पनि खेलाडीहरुले दुख पाउने गरेका छन् ।

    थापाले विद्यालय सग राम्रो सम्वन्ध बनाउन नसकेको क्रिकेट मैदान खोजि गर्न ध्यान नदिएको, खेलाडीको हितका लागि कार्यक्रम गर्न नसकेको, संघको नियमित बैठक बस्न चासो नदिएको,आर्थिक पादर्शिताका लागि केहि कदम चाल्न नसकेको जस्ता आरोप लाग्ने गरेको छ ।

    थापाले क्रिकेटको विकासका लागि योगदान नै नगरेपछि संघका अद्यिकांश सदस्यहरुले थापाको राजिनामा माग गर्ने तयारी गरेका छन् ।

    उनीहरुले विशेष साधारण सभा गरेर थापा हटाउने तयारी गरेका छन् । थापाले राजिनामा नगर्दा समेत बाँकेको क्रिकेट माथि नआउने बताउदैँ उनीहरुले थापालाई राजिनामा दिन आग्रह गरेका छन् ।

    थापाको कार्यकालमा बाँकेमा उपमहानगरपालिमा कप वाहेक अन्य प्रतियोगिता भएन् । उपमहानगरपालि कप प्रतियोगिताको समेत मिटिङबाट खर्चविवरण पास नभएकोे बताए ।

    थापाले करिब चार वर्ष क्रिकेट संघको नेतृत्व गरेका थिए । दोस्रो पटक थापाको नेतृत्वमा एक पटक मात्र मिटिङ बसेको थियो । अहिले बाँकेका कुनै समुहका खेलाडिहरु राष्ट्रिय टोलीमा छैनन् ।

    प्रतिकृया दिनुहोस्