Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/५ गते
    २८० पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति सद्भाव दौड गरिएको छ ।

    वातावरण तथा बालअधिकार संरक्षण केन्द्रको आयोजनामा शुक्रबार दिवसको अवसर पारेर शान्ति सद्भाव दौड आयोजना गरिएको हो । वातावरण तथा बालअधिकार संरक्षण केन्द्रको आयोजनामा दौड गरिएको थियो ।

    स्थानीय पुष्पलाल चोकदेखि विपी चोकसम्म शान्ति सद्भाव दौड गरिएको हो । नेपालगञ्जमा सामाजिक सद्भाव र आपसी एकता कायम राख्ने उद्धेश्यका साथ दौड आयोजना गरिएको वातावरण तथा बालअधिकार संरक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम शाहले जानकारी दिए ।

    दौडमा जिल्लास्थित विभिन्न धर्मगुरु, मानवअधिकारकर्मी, प्रहरी प्रशासनका प्रमुख र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

    दौडको समापन समारोहलाई सम्वोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै लाग्नुपर्ने बताए । यस्ता गतिविधिले आपसी एकता र सद्भावमा वृद्धि हुने उनको भनाई रहेको थियो ।

    प्रतिकृया दिनुहोस्