आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/४ गते
    १३६ पटक
    एजेन्सी ।

    बलिउड सुपरस्टार सलमान खान आफ्ना ज्वाई आयुष शर्मालाई बलिउडमा डेब्यु गराउँदैछन् । ज्वाईलाई फिल्म ‘लभरात्रि’ मार्फत् डेब्यु गराउन लागेका सलमानले यो फिल्मको परिवर्तन गरेर ‘लभयात्री’ बनाएका छन् ।

    सलमानले मंगलबार ट्विटर फिल्मको पोष्टर पोस्ट गर्दै आयुष शर्माको फिल्म ‘लभरात्रि’को नाम बदलेर ‘लभयात्री’ बनाएको जानकारी दिएका छन् । पोष्टरमा फिल्मको नाम ‘लभयात्री’ लेखिएको छ, जसम सलमानले यसको स्पेलिङ गल्ती नभएको पनि बताएका छन् ।

    फिल्मको नाम परिवर्तन गर्नुको कारण यस्तो छः

    विश्व हिन्दू परिषद् भारतका पूर्वअन्तराष्ट्रिय अध्यक्ष प्रविण तोगडियाले नयाँ संगठन ‘हिन्द्र है आगे’का आगरा समूहका प्रमुख गोभिंग पराशरले ३१ मेका दिन सलमान खानलाई पिट्नेलाई दुई लाख रुपैँया इनाम दिने घोषणा गरेका थिए ।

    सलमान खानले आफ्नो फिल्मको नाम ‘लभरात्रि’ राखेर हिन्दु भावनालाई चोट पुर्याएको पराशरको आरोप थियो । फिल्मको प्रदर्शन मिति जानीबुझिकन हिन्दू पर्व ‘नवरात्रि’लाई छानिएको पनि पराशरले बताएका थिए ।

    जसका कारण सलमानले फिल्मको नाम ‘लभरात्रि’बाट ‘लभयात्री’मा परिवर्तन गरेका छन् । फिल्मको नाममाथि आपत्तिका कारण त्यसको नाम परिवर्तन भएको यो पहिलो पटक भने होइन ।

    बलिउडका यस्ता धेरै फिल्म छन्, जसको नामलाई लिएर विवाद हुन्छ र परिवर्तन गर्नु परेको छ ।  यसमा सबैभन्दा माथि आउँछ, फिल्म ‘पद्मावत’ । त्यस्तै, फिल्म ‘मद्रास क्याफे’, ‘बार्बर’, ‘राम–लीला’, ‘टोटल सियापा’ आदी ।

    प्रतिकृया दिनुहोस्