Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/४ गते
    २०९ पटक
    वीरगञ्ज ।

    एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् ।

    अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    स्थलगत मुचुल्का पछि अख्तियारको कार्यालय हेटौंडा हुँदै उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइने छ ।

    फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्