आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/३ गते
    ३२१ पटक
    कोहलपुर ।

    संविधान दिवसको अवसरमा बाँकेको कोहलपुरमा पनी बृहत् प्रभातफेरी गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा बुधबार बृहत प्रभातफेरी निकालिएको हो ।

    नगरपालिकाको कार्यलय परिसरबाट सुरु भएको प्रभातफेरीले कोहलपुर बजार परिक्रममा गरेर चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सम्बोधन गरेका थिए ।

    उनले जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संबिधान उपलब्धिमुलक रहेको बताए ।नगर प्रमुख रावतले संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली नागरिकहरुलाई, बिशेषत कोहलपुर नगरबासीहरुलाई सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एबं आपसी सद्भाब कायम हसन सकोस भन्ने शुभकामना सन्देश पनि दिए ।

    प्रभातफेरीमा जनप्रतिनिधी, सरकारी कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी, व्यवसायी, सुरक्षाकर्मी, संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका हजारौंको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्