आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२८ गते
    १७३ पटक
    नेपालगन्ज ।

    नेपाली तारा सिजन २ का विजेता सन्तोष लामा बाँके आउने भएका छन । नेपालको पहिलो सिङ्गीङ रियालिटी सोका बिजेता लामा पहिलो पटक भदौ ३० गते बाँके आउन लागेका हुन ।

    बाँकेकै सबैभन्दा ठुलो धनराशीको ‘बाँके स्कुल आईडल-२०७५’ को ग्राण्ड फिनालेमा भाग लिन लामा नेपालगन्ज आउन लागेको प्रतियोगिता आयोजक मिडिया ल्याव प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले जानकारी दिए ।

    यहि भदौ ३० गते हुने फाईनलमा जिल्लाका १० वटा स्कुल सहभागी हुने भएका छन । सेमिफाईनल राउण्डबाट छानीएका उत्कृष्ट विद्यालयबिच हुने ग्राण्ड फिनालेमा लामासँगै अन्य राष्ट्रिय कलाकारहरु पनि सहभागी हुने बताईएको छ ।

    ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले पहिलो पटक बाँके स्कुल आइडल-२०७५ प्रतियोगिता संचालन गरेको हो ।

    प्रतियोगितामा प्रथम हुनेले रु. १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्पर्धी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजार सहित ट्रफि प्रदान गरिने आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा.लि. का सञ्चार संयोजक गजेन्द्र गुरुङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्