Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२८ गते
३३२८ पटक
नेपालगन्ज ।

बाँकेको खजुरा बजारमा युवा संघका नेता किरण क्षेत्रीमाथि एक समुहले आक्रमण गरेको छ । एक्कासी रड र खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए ।

आफुमाथीको प्रहार जोगाउने क्रममा क्षेत्रीको घुँडा र पाखुरामा चोट लागेको छ । बिहीबार विहान १०.३० बजेतिर स्थानीय राजेन्द्र परियार,उत्सव सिँजाली, आशिष खान, प्रदिप गिरी र आलम मिया गरी ५ जनाको समूहले आफुमाथी एक्कासी आक्रमण गरी ज्यान लिने प्रयास गरेको युवा संघका नेता क्षेत्रीले जानकारी दिए ।

आक्रमणकारी कारबाहीको माग गर्दै क्षेत्री सहितको समुह ईलाका प्रहरी कार्यालय धनौलीमा पुगेको छ । आक्रमणकारीहरु कारमा सवार भएको क्षेत्रीले बताए । सिँजाली नेपाल तरुण दल खजूराका उपाध्यक्ष हुन् ।

युवा संघ बाँकेका कोषाध्यक्ष तथा खजूरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले योजनावद्ध तरिकाले क्षेत्रीमाथी आक्रमण भएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

आक्रमण गर्ने समुहको खोजि कार्य जारी राखिएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले गुण्डागर्दी विरुद्व आक्रमक रुपमा प्रस्तुत हुने बताएपनी पछिल्लो समय जिल्लामा गुण्डागर्दी बढ्दै जान थालेको छ ।

प्रतिकृया दिनुहोस्