Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२७ गते
    ६३५ पटक
    रोल्पा ।

    गोली हानी हत्या गरिएका रोल्पा नगरपालिकाका तरुण दल नगर सभापति रोहित पुनको शव परिवारले वुझेका छन् ।

    हत्यामा संलग्न फरार युवालाई पक्राउ गर्न र पक्राउ परेकालाई आजिवन कैदको माग गर्दै पीडित परिवारले यसअघि शव वुझ्न अस्विकार गरेका थिए । दोषीलाई कानून वमोजिम पक्राउ र कारवाही गर्ने सहमतिपश्चात मंगलबार परिवारले शव वुझेका हुन् ।

    तरुण दलले हत्याको विरोधमा सोमबार बजार वन्द गरेको थियो । तरुण दल र कांग्रेसले विरोध प्रदर्शन गर्दै दोषीलाई कारवाही गर्नुपर्ने, पुनलाई सहिद घोषणा गर्नुुपर्ने र परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग गरेका थिए ।

    विरोधका क्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सर्वदलिय वैठक बोलाई छलफल गरेका थिए । छलफलमा दोषीमाथी कारवाही हुने, सहिद घोषणा र क्षतिपूर्ति मागबारे गृह मन्त्रालयमा लेखी पठाउने सहमती भएपछि परिवारले शव वुझ्ने वातावरण वनेको हो ।

    परिवारले शव वुझ्न अस्विकार गरेपछि पोष्टमार्टम् पनि हुन सकेको थिएन् । शव वुझेपछि मंगलबार विहान पोष्टमार्टम गरिएको जिल्ला अस्पताल रउघाका मेडिकल अफिसर डा. अनिल केसीले जानकारी दिए ।

    छाती मुनि देव्रे भागमा गोली लागेर मृत्यु भएका पुनको शरिरमा निलडाम समेत भेटिएको उनको भनाइ छ । अण्डकोष सुन्निएको, कुटपिटपछि समातेर गोली हानेर हत्या गरेको हुनसक्ने मृतक पुनका जेठान रक्ष वलीले जनाए ।

    प्रतिकृया दिनुहोस्