Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२७ गते
१५२ पटक
नेपालगन्ज ।

लोक–पप गायक तथा संगीतकार बिपुल क्षेत्री नेपालगन्ज आउने भएका छन ।

आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन ।

क्षेत्रिलाई विशेष कार्यक्रमका लागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिङ्ग स्टिरिओका मिडिया कोरडिनेटर प्रज्वल श्रेष्ठले जानकारी दिए । युवा पुस्तामाथ चर्चित क्षेत्रीले २०१४ मा पहिलो एल्वम स्केचेस अफ दार्जिलिङ सार्वजनिक गरेका थिए ।

सोही एल्वमबाट नेपाली साँगितिक क्षेत्रमा स्थापित भएका गायक श्रेत्रीले दार्जिलिङ्गमा रहेर नेपाली पप गितहरु गाउने गर्दछन ।

स्थानिय आवाज ब्याण्ड र प्याराडाइज ब्याण्डको समेत प्रस्तुती रहने कन्सर्टको होष्टिङ संचारकर्मी प्रज्वल श्रेष्ठले गर्ने कार्यक्रम तय भएको स्म्याशिङ्ग स्टिरिओका म्यानेजर पुष्कर हमालले जानकारी दिए ।

आगामी अशोजमा हुने कार्यक्रममा मिडीया पार्टनरको भूमिकामा न्यू नेपाल बिज्ञापन सेवा रहेको श्रेष्ठले जानकारी दिएका छन। साँगितिक कन्सर्टलाई भव्य बनाउनको लागि तयारी तिव्र पारिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्