Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२५ गते
    २३९३ पटक
    कोहलपुर

    अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन्।

    उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ।

    पक्राउ पर्नेमा संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दंगा नियन्त्रण प्रहरी गण नेपालगन्जमामा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की २६ वर्षीया श्रोती हमाल छन्।

    अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद थपिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।

    पीडित भनिएका अन्सारी र फिरौती रकमका लागि सहयोग गर्नेलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक बिसीको भनाइ छ।

    www.annapurnapost.com बाट ।

    प्रतिकृया दिनुहोस्