Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२२ गते
३८५ पटक
नेपालगन्ज ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसको प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन् ।

सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयबाट आंगिक क्याम्पसको सम्बन्धन पाएपछि क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन् ।

शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बागेश्वरी बहुमुखी क्याम्पसको पहिलो क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको बताइएको छ ।

यसअघि पनी शर्मा क्याम्पसको प्रमुखकै रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्