Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२१ गते
    ३५९ पटक
    रौतहट ।

    विद्यालयको शौचालय जाने क्रममा लडेर अचेत भएका रौतहटका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु गएको छ ।

    गढीमाई नगरपालिका वडा १ समनपुरस्थित शंकर गुदर माविमा कक्षा २ मा अध्ययनरत ९ वर्षीय राजा महतोको मृत्यु भएको हो ।

    स्थानीय रामशागर महतोका छोरा महतोको उपचारको क्रममा गएराति नेशनल मेडिकल अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रधानाध्यापक देवेन्द्र साहले जानकारी दिए ।

    गत मंगलवार उनी विद्यालयको शौचालय जानेक्रममा बाटोमै लडेर अचेत भएका थिए ।

    समनपुरमै सामान्य उपचारपछि एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल वीरगन्ज पठाएकोमा उपचारको क्रममा बुधवार राती छात्र महतोको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले नारायणी उपक्षेत्रीय अस्पतालबाट मृतकको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कारण खुल्ने बताए ।

    प्रतिकृया दिनुहोस्