आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२१ गते
    ३६९ पटक
    सिरहा ।

    सिरहाको मिर्चैयामा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    उदयपुरबाट उपचारका लागि मिर्चैया आएकी २२ वर्षीया युवतीलाई भदौ ११ गते साँझ बजार नजिकै रहेको आँपको बगैचाँमा लगेर सामूहिक बलात्कामा गरेको आरोप लागेका मध्येका एक मिर्चैया नगरपालिका ५ का २२ वर्षीय रितेशकुमार साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

    बलात्कारमा संलग्न अन्य दुई जनाको खोजी भईरहेको पनि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी दिपेन्द्र साहले जानकारी दिए ।

    घटनाको सातादिन पछि पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहविरुद्ध जबरजस्ती करणी मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्