Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२० गते
    ३१५ पटक
    काठमाडौं ।

    ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो ।

    प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।

    प्रहरी परिसर, ललितपुरका एक अधिकारीले पीडित बालिका १० वर्षीया भएको बताउँदै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताए ।

    ‘हामी प्रारम्भिक अनुसन्धानमै छ, स्वास्थ्य परीक्षणपछि थप विषय खुल्नेछ’, ती अधिकारीले भने ।

    प्रतिकृया दिनुहोस्