Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१८ गते
३७२६ पटक
नेपालगन्ज ।

सौर्य एयरलायन्सले लामो समयपछि नेपालगञ्ज–काठमाडौं उडान सुरु गरेको छ ।

आइतबार दिउसो सौर्य एयरलायन्सले काठमाडौं–नेपालगञ्ज उडान सुरु गरेको हो । सौर्य एयर हरेक दिन दिउसो २ः३० बजे काठमाडौंबाट नेपालगञ्ज र ३ः३० बजे नेपालगञ्जबाट काठमाडौं उडान गर्नेछ ।

नयाँ संचालक घनश्याम अधिकारी आफै यात्रुसहित पहिलो उडानबाट काठमाडौबाट नेपालगञ्ज पुगेका थिए । दशैंसम्म नेपालगञ्ज–काठमाडौं दैनिक दुईवटा उडान गर्ने व्यवस्थापनले जनाएको छ ।हाललाई भाँडादर ३५०० देखि ४५०० रुपिया सम्म ताकिएको छ । करिब एक महिनादेखि बन्द रहेको सौंर्य एयरलायन्सको नियमित उडान १० दिनअघिदेखि सुरु भएको हो । सौर्य एयरमा नयाँ व्यवस्थापन आएपछि नियमित उडान सुुरु भएको हो ।

सौर्यका दुईवटा जहाज मध्ये सुरुवातमा एउटा जहाले भैरहवा, विराटनगर हुँदै राजधानीसम्मका लागि उडान गरिरहेको छ । लगत्तै नेपालगञ्ज, धनगढी र भद्रपुरबाट पनि उडान सुचारु भएको हो ।

सौर्य एयरका विमानहरु निकै उचाईसम्म द्रुतगतीमा उडान भर्ने र अन्य विमान भन्दा छिटो गन्तव्यमा पुगिने हुँदा यात्रुको पहिलो रोजाईमा पर्दै आएको छ ।

सौर्य एयरलायन्सले हाल संचालनमा रहेका दुईवटा बाहेक अन्य विमान खरिद प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्