आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१८ गते
    १४६८ पटक
    बाग्लुङ्ग ।

    बाग्लुङ्गका वुर्तिवाङ्ग बजारमा आईतबार दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काखमा भेटिए पछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ ।

    बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतिसंग कोठामा सगै बसेको भेटिएका हुन ।

    ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास संग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्ट्याँई गरे । यादवले भने ‘उनका श्रीमान मानबहादुरले आज दिउँसो तिन बजेको समयमा उनीहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खवर गरे पछि हामीहरुले वडाध्यक्ष र ति महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं ।’

    यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन । उनले भनेका छन, ‘उनले बोलाए पछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढोका थुनेका हुन ।’

    उनका श्रीमान बिदेशमा थिए । चार पाँच महिना अघि घर आएका उनले श्रीमतिको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुरको घर निसीखोला गाउपालिका १ हर्पे हो ।

    श्रीमान विदेश हिडे पछि दुई छोरा छोरी पढाउन भन्दै वुर्तिबाङ्गमा डेरा गरी बस्दै आएकी थिइन । आफ्नो कोठामा वडाध्यक्ष आपत्तीजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस्