Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१७ गते
२२११ पटक
कोहलपुर ।

बाँकेको कोहलपुरमा बलात्कारीलाई फाँसिको सजाय माग्दै महिलाहरु सडकमा उत्रिएका छन् ।

केही दिन अघि कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्वलाई कडा कारबाहीको माग गर्दै महिलाहरु सडकमा निस्किएका हुन् । महिलाहरुले आफ्नै १३ बर्षिया नातिनीलाई बलात्कार गर्ने वृद्वलाई फाँसी दिनुपर्ने भन्दै आइतबार इलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका हुन् ।

विगत ३ बर्षदेखि आफ्नै १३ बर्षिया नातिनीलाई बलात्कार गर्दै आएको आरोपमा केही दिन पहिलेमात्र कोहलपुर नगरपालिका ५ का ७९ बर्षिय रामचन्द्र घिमिरे पक्राउ परेका थिए ।

स्वास्थ्य स्थिती नाजुक हुँदै गएपछि उपचारका लागि अस्पतालमा पु¥याइएकी बालिकाले हजुरबुवाले २०७२ सालदेखि निरन्तर बलात्कार गर्ने गरेको तथ्य सार्वजनिक गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

आरोपित बृद्व घिमिरेलाई स्वास्थ्य जाचपछि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका घिमिरेले आर्थिक चलखेल गर्नसक्ने आंशका बढेको भन्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

प्रतिकृया दिनुहोस्