Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१६ गते
    ७०६ पटक
    दाङ ।

    दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई सार्वजनिक गरेको हो ।

    बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

    बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रनाउ सापकोटाले जानकारी दिए । झारफुक गर्न जाने भन्दै घरबाट निस्केको ९ दिन सम्म घरमा नफर्कीए पछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए ।

    हत्या आरोपी टंकीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको क्रममा आमाले फोनगरेर शुक्रबार दिउसो बोइको हत्या गरी आफु कृष्णनगर आएको जानकारी गराएपछि प्रहरी आरोपीलाइ पक्राउ गर्न सफल भएको हो ।

    प्रतिकृया दिनुहोस्