Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१६ गते
    ३१८५९ पटक
    कोहलपुर ।

    बाँकेमा सडकमा छाडा छाडिएका गाईसँग मोटरसाइकल ठोक्किदा युवाको ज्यान भएको छ ।

    कोहलपुर–सुर्खेत सडक खण्डको बैजनाथ गाउँपालिकाको सुतैया डाँडामा तिव्र गतिमा बाटो काटिरहेको गाई मोटरसाइकलमा शुक्रबार साझ ठोक्किदा एक युवाको ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

    सुर्खेतबाट नेपालगन्ज आउदै गरेका सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर २ निवासी ३३ बर्षिय बिष्णु न्यौपानेले चलाइराखेको मोटरसाइकलमा तिव्र गतिमा आएको गाई ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

    दुर्घटना परी गम्भिर घाइते भएका न्यौपानेको भारतको लखनउमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यू भएको बाँकेको प्रहरीले जनाएको छ । न्यौपाने नेपाल प्रहरीका जवान समेत हुन् । उनी अहिले कर्णाली प्रदेश प्रहरी ब्यूरो सुर्खेतमा कार्यरत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्