आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१४ गते
    १५४ पटक
    काठमाडौं ।

    म्युजिक भिडियो स्टार पल शाह र आँचल शर्मा लिएर ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले अर्काे चलचित्र ‘गीत गजल’ घोषणा गरेका छन् ।

    नितिनले ‘गीत गजल’मा रुप पोखरेल र आरोही सिंहलाई लिएर बनाउन लागेका हुन् । यी दुबैले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

    आरोहण क्षेत्रीले नै निर्माण गर्न लागेको यो चलचित्र लभस्टोरी जनरामा निर्माण हुनेछ । चलचित्रका बाकी कलाकार छिट्टै फाइनल गरेर छायाँकनमा निस्किने तयारी भइरहेको निर्देशक चन्दले बताए ।

    आरोहण प्रोडक्सनको ब्यानरबन्ने तथा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन चलचित्रका गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ ।

    प्रतिकृया दिनुहोस्