Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/९/२३ गते
३७८ पटक

मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ ।

नयाँ वर्षको स्वागतमा यो एपको माध्यमबाट विश्वभर गरी ७५ अर्ब वटा मेसेज पठाइए । ती मध्ये २० अर्ब मेसेज त भारतमा मात्र पठाइयो ।

नयाँ वर्षको दिन केहीबेरका लागि ह्वाट्सएप डाउन भएको खबर आएको थियो । त्यसपछि यो इन्टरनेटमा ट्रेन्डिङ टपिक बनेको थियो ।

नयाँ वर्षको बेलुका पठाइएका यी सन्देशहरुमध्ये १३ अर्बभन्दा धेरै तस्वीर तथा ५ अर्ब भिडियो रहेका छन् ।

ह्वाट्सएपका अनुसार यो तथ्यांक ३१ डिसेम्बरको १२ बजेदेखि १ जनवरीको राती ११ बजेर ५९ मिनेट जाँदासम्मको हो ।

विश्वमा कुनैपनि च्याट एपबाट एकदिनमा यतिधेरै मेसेज पठाइएको यो पहिलोपटक भएको बताइएको । यसअघि सन् २०१६ को न्यू इयर इभमा ६३ अर्बवटा मेसेज पठाइएको थियो ।

स्मरण रहोस् यो न्यू इयर इभमा विश्वभर १ करोड मानिसले फेसबुक लाइभ मार्फत शुभकामना व्यक्त गरेका फेसबुकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्