Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/९ गते
    ३९७ पटक
    एजेन्सी ।

    बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

    गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए । त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए । यो खबरलाई अंगदले ठाडो अस्विकार गरेका थिए ।

    विभिन्न कार्यक्रममा अंगदलाई यसबारे धेरैपटक प्रश्न सोध्दासमेत उनले यसलाई अफवाहको संज्ञा दिएका थिए । तर अहिले भने अंगदले उक्त अफवाह सही निस्किएको भन्दै इन्स्टाग्राममा जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्