आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/४ गते
    २२२ पटक
    लण्डन ।

    जर्मन कप फुटबलको पहिलो चरणअन्तर्गत आइतबार बेलुका भएको खेलमा एउटा टिमले ११ गोल खाएको छ ।

    खेलमा समग्रमा १२ गोल भएको थियो । जर्मन कपअन्तर्गत बुण्डेस लिगा क्लब बोरुसिया मोन्चेङ्ग्लाड्बाचले पाँचौँ लिग क्लब बिएससी हास्टेड्टलाई ११–१ ले हराएको छ ।

    बोरुसियाका तीन खेलाडीले ह्याट्रिक गरेका छन् । पहिलो हाफमा ६ गोल गरेको बोरुसियाले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।

    बोरुसियाका लागि थोर्गन हजार्ड, क्लबमा डेब्यु गरेका एलासानी प्लेए तथा फाफाएलले ह्याट्रिक गरेका हुन् ।

    नेउहाउस र होफम्यानले एक एक गोल गरे । बिएससीका लागि कुकुकले एक गोल फर्काए । एजेन्सी

    प्रतिकृया दिनुहोस्