Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२ गते
    २२२ पटक
    काठमाडौं ।

    गायक एवम् संगीतकार राजेन्द्र बजगाइँले ‘घुमायो मायाले…’ बोलको लोक अधुनिक गीत रिलिज गरेका छन् ।

    लोक आधुनिक फलेभरको यो गीतमा नौलो किसिमको प्रयोग गायक एवम् संगीतकार बजगाइँले गरेका छन् । युवापुस्ताको मनलाई गीतले पकड सक्ने उनको भनाइ छ ।

    गीतमा बजगाइँ आफैले स्वर र संगीत दिएका छन् । भुवन शर्मा कँडेलको शब्द रहेको गीतमा केशव बाबुले एरेञ्ज गरेका हुन् ।

    म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको कोरियोग्राफी रहेको छ । डिआर अधिकारी र जेनेलिया श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

    गीत संगीतमा सौखिन गायक बजगाइँले आफ्ना सिर्जनाहरूबाट खुसी छन् । भन्छन्, ‘अहिलेसम्म गीत संगीतबाट खुसी छु ।’

    प्रतिकृया दिनुहोस्