Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२८ गते
    ३३४९ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जबाट सञ्चालित म्याट्रिक्स उड इन्डष्ट्रिज प्रालिले बजार बिस्तारलाई तिव्र पारेको छ ।

    सोही क्रममा सोमबार राजधानी काठमाडौंमा समेत म्याट्रिक्सले आफ्ना उत्पादनहरु लन्च गरेको छ । युगान्डा, केन्या, साउथ अफ्रिका, भारत लगायतका देशमा सफलता पछि २०७३ माघमा नेपालको शाखाको रुपमा बाँकेको नेपालगन्जमा म्याट्रिक्स ब्राण्डलाई युवा व्यवसायी गिरिराज भुषाल, टंक धामी, अपूर्व सिंह, दिपेश बोहराले सञ्चालनमा ल्याएका थिए ।

    प्रालिका अध्यक्ष गिरिराज भुषाल, सञ्चालक रिमाल, टंक धामीको उपस्थितिमा एक कार्यक्रम बीच काठमाडौंमा शाखा सञ्चालनमा ल्याइएको हो । ३ जिल्ला हेर्नेगरी शाखा सञ्चालनमा ल्याइएको अध्यक्ष भुषालले जानकारी दिए ।आधुनिक ढोका, डोरलक, ह्याण्डल, ह्याङ्गर लगायतका वस्तुहरु उत्पादन गर्दै आएको म्याट्रिक्स उड इन्डष्ट्रिज गतबर्ष भदौंमा आइएसओ प्रमाणपत्र समेत प्राप्त गरिसकेको उनले बताए । विदेश निकासीका लागि आइसओ प्रमाण महत्वपूर्ण मानिने गरेको छ ।

    ‘माग अनुसार उत्पादन गरिरहेका छौं’, सञ्चालक रिमालले भन्छन्, ‘बिस्तार माग बढ्दै गएको छ, हामी पनि बिक्री केन्द्र बढाउँदै लगेका छौं ।’

    काठद्वारा निर्मित ढोकाहरुका लागि भारतबाट कच्चा पदार्थ आयात गरिन्छ ।

    उच्च प्रविधिको प्रयोग गरिएका आफ्ना उत्पादन बिक्रीका लागि देशका प्रमुख सहर नारायणगढ, बुटवल, काठमाडौं, धरान, इटहरी, महेन्द्रनगर धनगढी, सुर्खेत, पोखरा, नेपालगन्ज लगायत २१ वटा डिलर सञ्चालनमा रहेको सञ्चालक रिमालले जानकारी दिए ।

    नेपालमा भवनहरु निर्माणको क्रम बढ्दो रहेका बेला म्याट्रिक्स उड इन्डष्ट्रिजले स्तरीय ढोकाको माग पूर्ति गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्