Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२७ गते
    २३४ पटक
    बर्दिबास ।

    जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । ब्लड क्यान्सरका कारण उनको मृत्यु भएको हो ।

    डेढ महिनादेखि मस्तिष्कको ब्लड क्यान्सर रोगबाट पीडित राय भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचाररत थिइन् ।

    शुक्रबार बेलुका हस्पिटलमै उनको मृत्यु भएको हस्पिटलले पुष्टि गरेको छ । रायको शव शुक्रबार नै महोत्तरी ल्याइएको थियो । आइतबार (आज) उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा राखिने भएको छ ।

    श्रद्धाञ्जलीपछि उनको दाहसंस्कार उनकै निजी निवास धनुषाको विन्हीमा लगेर गरिने नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष तथा मठिहानी नगरपालिकाका मेयर हरिनारायण मण्डलले जानकारी दिए ।

    रायको श्रीमान र एक छोरा छन् ।

    प्रतिकृया दिनुहोस्