आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
    २३१ पटक
    काठमाडाैं । 

    माैसम बदलीका कारण शनिबार रातीदेखि पश्चिम नेपालमा निकै ठूलो पानी पर्ने माैसमविदहरूले पूर्वानुमान गरेका छन् ।

    अचानक माैसममा बदली भर्इ गण्डकी प्रदेशदेखि ७ नम्बर प्रदेशसम्मका क्षेत्रमा भीषण बर्षा हुने पूर्वानुमान गरिएको हो । यस्तो बर्षा सोमबारसम्म पनि कायम रहन सक्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भीषण बर्षाको सम्भावनासँगै गोरखा भूकम्पले थिलथिलो बनाएको गण्डकी प्रदेशका गोर्खालगायतका पहाडी भूभाग, पहिरोको चपेटामा रहेका पश्चिमी पहाड र ठूला नदी किनारमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउनुपर्ने भएको छ ।

    माैसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि देशभर नै सोमबारसम्म माैसम बदली र बर्षाको सम्भावना रहेको उल्लेख छ । पश्चिमका केही क्षेत्रमा शनिबार दिउँसोदेखि नै भारी बर्षा हुने र शनिबार राती पनि अन्य स्थानमा निकै ठूलो पानी पर्ने उल्लेख छ ।

    देशका बाँकी भागमा पनि शनिबार दिउँसोदेखि पानी पर्न शुरू हुने सो बुलेटिनमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्