Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
    २४५ पटक
    काठमाडौं ।

    केही समय पहिले कलाकार किरण केसीले चलचित्र ‘दाल, भात, तरकारी’ निर्माण गर्ने घोषणा गरेका थिए । उक्त चलचित्रको घोषणा केसीले आफ्नो जन्मदिनको दिन पारेर गरेका थिए ।

    उक्त चलचित्रमा पुष्प खड्का र स्वस्तिमा खड्का अनुबन्ध भएका छन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहने बताइएको छ भने दीपकराज गिरी र दीपाश्री निरौला फिल्ममा नरहने भएका छन् ।

    चलचित्र आउँदो वर्षको वैशाख १३ गते रिलिज हुने भनिएको छ । यद्यपी फिल्ममा अन्य कलाकार को को रहने भन्ने अझै तय भइसकेको छैन ।

    फिल्म पूर्णतः कमेडी जानरामा निर्माण हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्