Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
    २४१ पटक
    काठमाडौ ।

    सञ्चारकर्मी कल्पना भण्डारीको ‘अहिलेको तीजैमा’ बोलको तीज गीत सार्वजनिक भएको छ । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो ।

    तीज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको भण्डारी बताउँछिन् । ‘तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो’ उनले भनिन् ।

    रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।

    भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता हुन् ।

    भण्डारी पेशाले सञ्चारकर्मी भए पनि उनको स्वरमा बेग्लै मिठास भएको र त्यो कुरालाई अब आउने एल्वमले समेत प्रष्ट पार्ने गीतकार बिपिनले बताए । सञ्चारलाई पेशाको रुपमा अंगालेकी भण्डारी भन्छिन्– पत्रकारिता मेरो पेशा हो भने गीतसंगीत शोख हो ।

    प्रतिकृया दिनुहोस्