Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
१८२ पटक
काठमाडौं ।

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘कायरा’ ले पहिलो हप्ता १ करोड ५५ लाखको व्यापार गरेको छ । नेपालभर रिलिज भएको यो फिल्मले रिलिजको पहिलो दिन ५५ लाखको कलेक्सन गरेको थियो ।

वितरक सुनील मानन्धरले जनाएअनुसार ‘कायरा’ ले दोस्रो दिन ६० लाख बराबरको कारोबार गरेको थियो । उनका अनुसार फिल्मले शुक्रवार आएर ८ लाखको व्यापार गरेको छ ।

‘यो हप्ता नेपालभरबाट १ करोड ५५ लाखको व्यापार गरेको हो, व्यापारको हिसाबले यो औसत नै हो ।’, मानन्धरले लोकपथलाई बताए ।

लक्ष्मण रिजालको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा आर्यन र साम्राज्ञीको केमेष्ट्रीलाई मन पराए पनि फिल्मको कथा भने मन पराएनन् ।

चलचित्रको कथा आर्यन सिग्देलको हो भने स्किृप्ट केदार भुसालले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस्