Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
१२५ पटक
नेपालगन्ज ।

नेपालगन्जलाई सामाजिक सद्भावको उदाहरणीय सहरको रुपमा चर्चा गरिन्छ । बाँकेमा विविधतायुक्त जिल्ला हो । फरक धर्म समुदायका मानिसहरु यहाँ आपसी भाइचारामा मिलेर बसेको छ ।

जसलाई उदाहरणको रुपमा पनि प्रस्तुत गरिन्छ । तर, सद्भावको सहर र जिल्लाका रुपमा चर्चा गरिरहँदा संवेदनशील क्षेत्रका रुपमा पनि लिइन्छ । कारण हो, बेलाबखत हुने सामाजिक सद्भाव बगार्ने खालका घटना ।

जिल्लामा आउने सबै जसो प्रहरी प्रमुखहरु मिलेर बसेको समाज नबिथोलियोस् भनेर चनाखो रहन्छन् । प्रहरी प्रमुखहरु आउँदा होस् वा जाँदा प्राथमिकताका साथ चर्चा गर्ने विषय नै धार्मिक र सामुदायिक संवेदनशीलताको नै हुने गरेको छ ।

‘विविधताका भएको कारण सामुदायिक र धार्मिक हिसाबले संवेदनशील जिल्ला हो’, बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङले गतबर्ष साउन अन्तिम साता जिम्मेवारी सम्हाल्दै गर्दा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘मिलेर बसेको समुदाय हल्लाकै भरमा पनि विथोलिन सक्छ ।’

प्रहरी प्रमुख तामाङ काठमाडौं सरुवा भएका छन् । उनले जानु अघि बिहिबार पत्रकार सम्मेलन गर्दै भने, ‘मेरो कार्यकालमा धार्मिक, सामाजिक रुपमा कुनै अप्रिय घटना भएनन् ।’

साना–तिना विवाद समाधान भए । प्रहरी प्रमुख तामाङले गतबर्षको दशंै र मोहर्रम एकै दिन परेको संवेदनशील अवस्थालाई सम्झदै भने, ‘हिरमिनियामा भएको दुई समुदायको झडपलाई तत्कालै समाधान गरे, कुनै अप्रिय अवस्था आउनबाट जोगाउन सफल भयौं ।’ उ

नले मोहम्मद डे, फागु पूर्णिमा जस्ता पर्वमा सुरक्षा अवस्था चुस्त राखी सद्भाव बिगार्ने खालको कुनै घटना हुन नदिएको पत्रकार सम्मेलनमा बताए ।

प्रहरी प्रमुखले सामाजिक सद्भाव बिग्रन नदिनुलाई पनि कार्यसफलताको रुपमा लिने भएकाले पनि जिल्लाको संवेदनशील अवस्थालाई बुझ्न सकिन्छ । उनले प्रहरीकै पहलमा धार्मिक गुरु र संघ, संस्थाहरुको पहलमा हतियार प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए ।

बाँकेमा आउनु अघि त्यसअघि प्रहरी प्रमुखसँग जिल्लाको अवस्था बुझेर आएको बताउने प्रहरी प्रमुख तामाङले अब आउने प्रहरी प्रमुखले पनि बाँकेको संवेदनशीलता बुझेर काम गर्नुपर्ने सुझाव दिन्छन् । ‘चाड पर्वमा कसैले अवाञ्छित गतिविधि गरिदिए त्यसले पुरै समुदायलाई भड्काउन सक्छ’, प्रहरी प्रमुख तामाङ भन्छन् ।

बाँकेमा विगतमा भएका घटनाहरुले प्रहरी प्रमुखले जिल्लालाई संवेदनशील रुपमा बुझ्ने गरेका हुन् । ‘सामाजिक सद्भाव भड्किएमा नियन्त्रण गर्न गाह्रो हुनसक्छ’, पत्रकार सम्मेलनमा तामाङले भने, ‘अप्रिय घटनाको कलंक प्रहरीले पनि बोक्नुपर्छ ।’ उनले आफ्नो कार्यकाललाई सन्तोषजनक रुपमा रहेको प्रतिक्रिया दिएका छन् ।

सद्भाव बिर्गन सक्ने जोखिमलाई नै मध्यनगर विभिन्न संस्थाहरुले सद्भाव कायम राख्न खालका गतिविधि गर्दै आएका छन् । जिल्लामा सामाजिक सद्भावकै लागि समिति पनि गठन भएको छ ।

प्रतिकृया दिनुहोस्