Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२५ गते
३३४ पटक
नेपालगन्ज ।

बाँकेमा पहिलोपटक बाँके स्कुल आइडल २०७५ हुने भएको छ ।

कला र संस्कृति राष्ट्रको पहिचान भन्ने मुख्य नाराका साथ भोली शनिवारदेखि मिडिया ल्याव प्रोडक्सन नेपालगन्जले पहिलो पटक विद्यालयस्तरीय स्कुल आइडल सुरु गर्न लागेको हो ।

नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरेर आयोजकले आइडलको बारेमा जानकारी गराएको छ ।

यसअघि व्यक्ति आइडल हुँदै आएकोमा मिडिया ल्यावले पहिलो पटक संस्था आइडल बनाउन बाँके स्कुल आइडल सिजन एक सुरु गर्न लागेको प्रोडक्सनका अध्यक्ष भरत महतोले जानकारी दिए ।

पत्रकार सम्मेलनमा विजेतालाई १ लाख १ हजार रुपैयाँ नगद र मेडल पुरस्कार राशीको घोषणा गरिएको छ । त्यस्तै उप–विजेताले ७१ हजार र तेस्रो हुनेले ५१ हजार नगदसहित मेडल हात पार्नेछन् ।

सहभागी सबैलाई ट्रफि र मेडलको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

डान्स प्रतियोगितामा जिल्लाका २५ बढी विद्यालयका २०० बढी प्रतियोगि सहभागि हुने र एउटा विद्यालयबाट ४ देखि ८ जनाको समूहमा डान्स गर्नुपर्ने नियम बनाइएको अध्यक्ष महतोले जानकारी दिए ।

कूल साढे ६ लाख हाराहारीको खर्च अनुमान गरिएको सो प्रतियोगिताले विद्यालयस्तरका बालबालिकाहरुको कला प्रस्फुटन हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्