आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२५ गते
    २६४४ पटक
    नेपालगन्ज ।

    नेपालगन्ज उपमहानगरपालिका–२३ जङ्गली सिंहपुर्वाका शेरअली शेषले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

    श्रीमतीसँगै ससुराली गएका उनले उपचार गराउन लैजाने बहाना गरी भारतीय जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

    शेषले श्रीमतीलाई नेपाल–भारत सीमामा पर्ने भारतीय अब्दुल्लाहगन्ज जङ्गलमा हत्या गरेको बयान दिएका छन् ।

    करिब डेढ महिनाअघि विदेशबाट आएका उनले श्रीमतीको आचरण सुधार्ने प्रयास गर्दा नसकेपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनले दिएको बयानका आधारमा प्रहरीले शव नेपालगन्ज ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    भारतीय प्रहरीसँग समन्वय गरी मुचुल्का तयार पारेर शव नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । गत मंगलबार हत्या गरी शेषले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्