Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२५ गते
    ३६० पटक
    एजेन्सी ।

    उत्तरी यमनमा सउदी अरब नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ५० बालबालिकाको मृत्यु हुनाको साथै ७७ जना घाइते भएका छन् ।

    अध्ययन भ्रमणका लागि निस्केका विद्यार्थी चढेको बसमा बम प्रहार भएको थियो । मारिनेमा अधिकांश १५ वर्षमुनीका छन् । उक्त क्षेत्र हुथुविद्रोही नियन्त्रित मानिन्छ ।

    स्थानीय स्वास्थ्य संस्था याह्या अल–हदीका अनुसार हवाई आक्रमण हुँदा अधिकांश बालबालिका बसभित्रै थिए । अन्तर्राष्ट्रिय रेडक्रसले सादास्थित अस्पतालमा २९ जनाको शव तथा ४० घाइतेलाई पुर्‍याइएको जनाएको छ ।

    रेडक्रसकी प्रवक्ता मिरेला होदाइबले अस्पताल मृतकका शव र घाइतेले भरिएको बताइन् । उनले बालबालिकालाई निशाना बनाउँदै गरिएको आक्रमणको भत्र्सना पनि गरेकी छन् ।

    हुुथी विद्रोहीद्वारा सन्चालित टेलिभिजनले अधिकांश घाइतेले खुट्टा गुमाएको दृश्य प्रसारित गरेको छ । ठाउँ अभावमा एकै बेडमा दुुईजना भन्दा बढी घाइते राखिएका छन् ।

    साउदी नेतृत्वको गठबन्धनका एकजना प्रवक्ताले भने मिसाइल आक्रमण विद्रोहीमाथि निशाना बनाएरै गरिएको दाबी गरेका छन् । उनले उक्त बस बालबालिकाको नभएको पनि बताएका छन् । सीएनएनबाट

    प्रतिकृया दिनुहोस्